धादिङ २८ पौष
धादिङको नेत्रावती डबजोङ गाउँपालिकामा नेकपा माओवादी केन्द्र निकटको युवा संगठन(वाईसीएल)को प्रथम सम्मेलन सम्पन्न भएको छ ।
शनिबार वडा नम्बर २ को ताङजोमानेमा एक भव्य भेलाको आयोजना गरि वाईसीएल ईन्चार्ज चतुर तामाङको अध्यक्षता जिल्ला पार्टी संयोजक मनराज भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको हो । उक्त सम्मेलनबाट लालविर गुरुङको अध्यक्षतामा २९ सदस्यीय कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा बुद्धराम तामाङ, सचिवमा उमेश तामाङ, सह–सचिवमा, कुल बहादुर तामाङ, कोषाध्यक्षमा, कालु तामाङ चयन भएको हो ।
सदस्यहरूमा मंगलसिंह तामाङ, सन्चुमान तामाङ, गणेश तामाङ, अमृत गुरुङ, मनोज तामाङ , विजय तामाङ, विरेन तामाङ, बुद्धराज तामाङ, सुदिप तामाङ, सोम बहादुर तामाङ, मिलन गुरुङ, सुक बहादुर तामाङ, रेशम तामाङ, मनोज गुरुङ, किरण राणा मगर, सचिन अधिकारी उत्तम सिंखडा, निशान तामाङ, राम तामाङ, उत्तम गुरुङ, राजेश तामाङ गोधन तामाङ र शान्ता तामाङ चयन भएका छन् ।
निर्वाचित सबै कमिटीलाई बधाई तथा सफलताको शुभकामना दिदै जिल्ला संयोजक मनराज भण्डारीले पार्टीलाई सांगठानिक रुपमा मजबुद बनाउन एउटा वलियो खम्बा भएर नेतृत्व गर्न आग्रह गर्नुभयो । पार्टीले निर्दिष्ट गरेको सुशासन र संबृद्धि सहितको समाजबादी क्रान्तिको पथमा लम्कन सबै नेत्रावती डब्जोङ गाउँपालिका बासीलाई अनुरोध गर्नुभयो ।
मुलुक नै नेकपा माओवादी केन्द्र पार्टीको मुल एजेण्डा र मुद्धामा चलिरहेको हुँदा फरक पार्टीमा गएर पार्टीको गौरव र छवि माथि आँच आउने कार्य नगर्न पनि वाईसीयल नेतृव्वलाई आग्रह गर्नुभयो ।
उक्त कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य टेक बहादुर तामाङ, उर्मिला तामाङ, गाउँपार्टी अध्यक्ष प्रेम बहादुर तामाङ, वाईसीयल बागमती प्रदेश सदस्य दिपक तामाङ, वाईसीयल जिल्ला सचिव राजन लम्साल लगायत गाउँपालिका भरिका युवा तथा वडाका पार्टी प्रतिनिधीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस