धादिङ २६ पौष
भिमसेनथापा गाउँपालिका गोरखाको गाउँसभाको १३ औं अधिवेशन सम्पन्न भएको छ ।
विहीबार गाउँसभाको १३ औं अधिवेशन गाउँपालिका अध्यक्ष लोक प्रसाद बंजाराको अध्यक्षतामा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको सभाहलमा सम्पन्न भएको हो ।
उक्त गाउँसभाबाट गाउँपालिकाको विभिन्न विद्येयकहरुसमेत सर्वसम्मत पास भएको छ । जसमा गाउँपालिकाका पूर्वाधार विकास समितिका संयोजक विकास श्रेष्ठले सभा समक्ष पेश गरेको विधेयक गाउँसभा सदस्य नारायण प्रसाद भट्टराईको सर्मथनमा खानेपानी तथा सरसफाइ र स्वच्छता सम्बन्धी (WASH) विधेयक, भिमसेनथापा गाउँपालिकाको आर्थिक ऐन, २०८० तथा विनियोजन ऐन सर्वसम्मतले संसोधन सहित पारित भएको छ ।
गाउँपालिकाका उपाध्यक्ष अमृता देवी भट्ट (वस्ती)ले न्यायिक समितिको अर्धवार्षिक प्रतिवेदन तथा राजस्व परामर्श समितिको अर्धवार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । त्यसै गरी लेखा समितिका संयोजक श्री राम प्रसाद पाण्डेले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो ।
त्यस्तै पूर्वाधार विकास समितिका संयोजक श्री विकास श्रेष्ठले आ.ब. २०७९÷०८० को वार्षिक प्रगति प्रतिवेदन तथा चालु आ.ब. २०८०÷०८१ को अर्धवार्षिक प्रगती प्रतिवेदन सभा समक्ष पेश गर्नुभएको थियो ।
विभिन्न वडाका वडा अध्यक्ष तथा अधिवेशन सभाका सदस्यहरुले बुढीगण्डकी प्रभावितहरुका सम्बन्धमा गाउँपालिकाको धारणा तथा वडाका सदस्यहरुको भूमिका विषयमा , विषयगत समितिमा जिम्मेवारी, धार्मिक सांस्कृतिक पहिचान गरी बजेटको व्यवस्था, कार्यपालिकाको निर्णयहरु सभाका सदस्यहरुलाई समेत प्रेषित गर्ने सम्बन्धमा सुझाव सहितको धारण व्यक्त गरेको थियो ।
गाउँसभाका सभाध्यक्ष लोक प्रसाद बञ्जाराले सुशासन सहितको संबृद्ध समुन्नत गाउँपालिका निर्माणमा आ–आफ्नो ठाउँबाट भुमिका निर्वाह गर्न आग्रह गर्नुभयो । सबै गाउँसभा सदस्यहरु एवं कर्मचारीहरुलाई सभालाई भव्य रुपमा सम्पन्न गर्न खेलेको भूमिकाको लागि धन्यवाद ज्ञापन गर्दै कार्यक्रम विधिगत रुपमा समापन भएको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस