धादिङ १५ मंसिर
आज ३६औँ विश्व एड्स दिवस धादिङ सहित देशभर ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य’ भन्ने नारासहित चेतनामूलक कार्यक्रम गरी मनाइएको छ ।
हरेक वर्ष डिसेम्बर १ का दिन यो दिवस मनाइने गरिन्छ । दिवसको अबसरमा धादिङ अस्पतालमा एच. आई. भि. परिक्षण गराईएको थियो । उक्त अबसरमा ११३ जनाले परिक्षण सेवा लिएको नेपाल रेडक्रस सोसाईटी धादिङ जिल्ला शाखाका कोषाध्यक्ष नारायण कुमार श्रेष्ठले बताउनुभयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले यससम्बन्धी चेतना र सन्देशमूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाइँदै छ । सन् १९८१ मा पहिलो एचआइभी संक्रमित फेला परेदेखि सन् २०२२ को अन्त्यसम्ममा आठ करोड ५६ लाख जनामा संक्रमण भएको छ । संक्रमणका कारण चार करोड चार लाखजनाको मृत्यु भइसकेको छ ।
विश्वमा हरेक दिन तीन हजार ६ सय मानिस एचआइभी संक्रमित हुने गरेका छन् । केन्द्रका अनुसार नेपालमा सन् २०२२ को अन्त्यसम्म ३० हजार व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ । नेपालमा हरेक दिन एकजना एचआइभीबाट संक्रमित हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस