धादिङ १४ मंसिर
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत त्रिपुरा सुन्दरी गाउँपालिकामा प्रभात फेरी कार्यक्रम सम्पन्न गरिएको छ ।
गाउँपालिकाको आयोजना र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको साझेदारीमा विहिबार प्रभातफेरी कार्यक्रम सम्पन्न भएको हो ।
लैंगिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने अन्तराष्ट्रिय नाराको साथ गाउँपालिका परिसरबाट सुरू गरिएको प्रभातफेरी कार्यक्रम शितलबजार हुदै गाउँपालिकामा कार्यलयमा आएपश्चात कोणसभामा परिवर्तित भएको थियो ।
उक्त कोण सभालाई वडा अध्यक्ष, गाउँपलिकाको उपाध्यक्ष र सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्षले सम्बोधन गर्नुभएको थियो । गाउँपालिकाले लैङ्गिक हिसा विरुद्धको अभियान अन्तर्गत मंसिर ९ गते दिप प्रज्वलन गरिएको थियो भने त्यस पश्चात अपाङ्गता समन्वय समितिसंग बैठक सञ्चालन गरि परिचय पत्र समेत वितरण गरिएको थियो ।
त्यसैगरी मंसिर १७ गते अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायता सामग्री (ह्विलचेयर) वितरण गर्ने कार्यक्रम रहेको गाउँपालिकाको महिला तथा वालबालिका प्रमुख मिना देवकोटाले रेडियो विहानीलाई जानकारी दिनुभयो । उक्त कार्यक्रम गाउँपालिकाको अध्यक्ष राजु उप्रेतीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस