धादिङ १२ मंसिर
शिक्षा दिवसको अवसरमा नीलकण्ठ नगरपालिकाका आधारभूत तथा माध्यमिक तहका उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिएको छ ।
नगर पालिका अन्तर्गतका ३० जना विद्यार्थी मध्ये न्यु किबो वोर्डिङको कक्षा ९ मा अध्ययनरत समीर भण्डारी र आयुष शर्मा क्रमश ४ र ३.९५ जिपिए सहित सम्मानीत भएको हो ।
नगरपालीकाद्वारा सञ्चालित नगर स्तरीय आधारभूत तहको २०७९ को परिक्षामा क्रमश ः नगर प्रथम र द्वित्तिय हुन सफल भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले रेडियो बिहानीलाई बताउनुभयो ।
नीलकण्ठ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाद्धारा आयोजना गरिएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक चिनामाया श्रेष्ठको अध्यक्षता,नगर प्रमुख भिमप्रसाद ढुङ्गानाको प्रमुख आतिथ्यता,उप प्रमुख दिपक विश्वकर्मा, शिक्षा विकास समन्वय ईकाई प्रमुख भगवान पौडेल,नीलकण्ठ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी लगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधीहरु, विद्यालयका शिक्षक शिक्षिका तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
नगरपालिकाले शैक्षिक विकासको क्षेत्रमा निती तथा कार्यक्रम नै बनाएर बजेट विनियोजन गर्दै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस