धादिङ ९ मंसिर
धादिङमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान शनिवारबाट सुरु भएको छ ।
नीलकण्ठ नगरपालिकाको आयोजना र विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाको साझेदारीमा शनिवार प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
लैंगिक हिंसा अन्त्यको सुनिश्चितताःमहिला र बालबालिकामा लगानीको ऐक्यबद्धता भन्ने अन्तराष्ट्रिय नाराको साथ १६ दिने अभियान सुरु भएको हो ।
नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको प्रभातफेरी कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी,भुमि आयोगका अध्यक्ष कृष्ण अर्याल,प्रहरी प्रमुख गौतम मिश्र,सामाजिक विकास शाखाका चिनामायाँ श्रेष्ठ, कार्यपालिका सदस्य राम्री नेपाली,नेपाल पत्रकार महासंघ धादिङ शाखाका सभापति राजाराम शर्मा,पुर्व सभापति नवराज छत्कुली,गैसस महासंघका अध्यक्ष शालिकराम दुवाडी,फोकस नेपालका कार्यकारी निर्देशक एकराज छ्त्कुली,सहयात्री समाज नेपालका कार्यकारी निर्देशक राधिका सापकोटा,पत्रकार,सुरक्षाकर्मी,सहकारी तथा सरोकारवाला निकायका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सदरमुकाम पुछारबजार देखी सुरु भएको प्रभातफेरी सिरानबजारमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई नीलकण्ठ नगरपालिकाका उप मेयर दिपक विश्वकर्मा,प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रे,सामाजिक विकास शाखाका चिनामायाँ श्रेष्ठ र अधिकारकर्मी राधिका सापकोटाले सम्बोधन गर्नुभएको थियो । हरेक वर्ष लैंगिक हिंसा विरुद्धको अभियान विविध कार्यक्रमका साथ मनाईदै आईरहेको छ ।
प्रतिक्रिया दिनुहोस