काठमाडौं ३ मंसिर
कृष्ण बहादुर लामिछाने
वरिष्ठ संवाददाता
राधा कृष्ण मन्दिर संरक्षण तथा सामुदायिक समिति नेपाल नार्गाजुन नगरपालिका १ काठमांडौको १५ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन शनिबार सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नार्गाजुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्दघाटन गर्नुभएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि मेयर बस्नेत र विशेष अतिथि उपमेयर शुशिला अधिकारीले संस्थाबाट प्रकाशित स्मारिका २०८० को संयुक्त रुपमा विमोचन गर्नुका साथै समितिको आयोजनामा २०६५ साल आषाढ २ गते देखि ९ गतेसम्म लागाईएको श्रीमद् भागवत ज्ञान महायज्ञमा दान गर्नुहुने महानुभावहरुको ताम्रपत्रमा अंकित नामावली अनावरण गनृुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि बस्नेतले धर्म, संस्कृति संरक्षण गर्ने उद्देश्य राखेको यस राधाकृष्ण मन्दिर संरक्षण समितिलाई नार्गाजुन नगरपालिका र आफ्नो व्यक्तिगत तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । कार्यक्रममा राधाकृष्ण मन्दिर संरक्षण तथा भौतिक पुर्वाधारका लागि रु. १० हजार भन्दा माथि दान गर्नुहुने १३५ जना महानुभावहरुलाई कदरपत्र सहित सम्मान गरिएको थियो ।
संस्थाका सचिव दिपक अधिकारीले सहजीकरण गर्नुभएको कार्य तथा संस्थाका उपाध्यक्ष अर्जुन अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो । संस्थाका अध्यक्ष पदम नाथ शर्मा सापकोटाको अध्यक्षता रहेको कार्यक्रममा नार्गाजुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो ।
उपमेयर शुशिला अधिकारी, वडा नम्बर १ का वडाध्यक्ष रामेश्वर लामा, नासि ढोका खानेपानी उपभोक्ता समितिको अध्यक्ष लाल कुमार लामा,राधाकृष्ण नगर सुधार संस्थाका अध्यक्ष एकनारायण उपाध्याय लगायतको विशेष आतिथ्यता कार्यक्रममा संस्थाका सदस्यहरु, जनप्रतितिनिधीहरु विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधीहरु र भक्तजन एवं सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।
संस्थाको १५ औँ साधारण सभाले अधिवक्ता राजेश्वर अधिकारी संयोजक रहने गरी ३ सदसिय निर्वाचन समिती गठन गरिएको थियो । सदस्यहरुमा अधिवक्ता बाबुराम भट्टराई अघिवक्ता विरेन्द्र पाठक रहनुभएको थियो ।
संस्थाको दोस्रो अधिवेशनवाट नरहरि घिमिरे अध्यक्ष रहने गरी १३ सदस्यिय नयाँ कार्य समिति गठन गरिएको छ । नव गठित समितिको उपाध्यक्षमा अर्जुन अधिकारी, सचिवमा देश बन्धु अधिकारी, सहसचिवमा कृष्ण दाहाल र कोषाध्यक्षमा पदम बहादुर घिमिरे चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा मोहन लामिछाने, मनोज थापा, केदार सिंखडा, ज्ञानु श्रेष्ठ, दिपक सिंखडा, केशव घिमिरे, विन्दु दनै बुर्लाकोटी, विष्णु कंडेल चयन हुनुभएको थियो ।
प्रतिक्रिया दिनुहोस