धादिङ २६ कार्तिक
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ स्थित पुरानो फिल्म हल टोल बिकास संस्थाले शुभ दिपावलीको अवसरमा सरसफाई अभियान सम्पन्न गरिएको छ ।
आईतबार बिहान ७ बजेदेखि ९ बजेसम्म पुरानो फिल्म हल टोल बिकास संस्थाको क्षेत्रभित्र पैदाल यात्रा गर्ने ट्रायलहरु भासिएको,प्लाष्टिकका फोहोरहरु जथाभावी भएको,गारेटोबाटो वरिपरि झारपात भएको हुँदा टोलका सबै नागरिक उपस्थित भएर सरसफाई सम्पन्न गरिएको टोल बिकास संस्थाका पुर्व अध्यक्ष एवंम् सल्हाकार संयोजक नारायण घिमिरेले रेडियो बिहानीलाई बताउनुभयो ।
संस्थाले बर्षेनी वडा दशैँको अवसरमा आफ्नो टोलको परिसर भित्र सरसफाई गरिदै आएकोमा यो बर्षमा भने शुभ दिपावली र छठ पर्व बिशेष बनाएर सरसफाई गरेको बताउदै स्वास्थ्य तथा सरसफाई क्षेत्रमा संस्थाले नियमित सरसफाई तथा सचेतना अभियान सञ्चालन गर्ने सल्हाकार संयोजक घिमिरेले बताउनुभयो ।
टोल बस्तीको नागरिकहरु स्वास्थ्य तथा सरसफाईका क्षेत्रमा सचेत बन्दै गर्दा नगरपालिकाले भने छुटटै कार्ययोजना बनाएर बिकास गर्नुपर्ने संस्थाका उपाध्यक्ष धन बहादुर पोखरेलले बताउनुभयो ।
टोल घर सरसफाई अभियानमा दैनिक एक दुई घण्टा समय दिएर यो अभियान नियमित गर्नुपर्ने स्पष्ट पार्नुभयो । नगरपालिकाले सडक पीच गर्ने,ड्रेन निर्माण,खानेपानी बिस्तार जस्ता बिकासका कार्यहरुमा टोल बिकास संस्था संग समन्वय गरि काम सञ्चालन गर्दा सहज हुने उहाँले बताउनुभयो ।
पुरानो फिल्म हल टोल बिकास संस्थाले बार्षिक रुपमा सरसफाई अभियान गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस