धादिङ २४ कार्तिक
भाषा विज्ञानमा वर्णोच्चारण र वर्णविन्यासको अहं भुमिका विषयक दुईदिने बृहद गोष्ठी आज धादिङबेसीमा सम्पन्न भएको छ ।
पछिल्लो समय मातृभाष अर्थात् नेपाली भाषा प्रयोग प्रति नागरिकहरुको चासो कम हुँदै गएको र वर्णोच्चारण ,वर्णविन्यासको बारेमा स्पष्ट सँग जानकारी नभएको हुनाले ११५ औं लक्ष्मी जयन्तीको अवसरमा बृहद गोष्ठी संचालन गरिएको नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका सचिव प्रकाश पौडेलले जानकारी दिनुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्माले महाकवि लक्ष्मी प्रसाद देवकोटाले शिक्षा क्षेत्रमा पु¥याउनु भएको योगदानलाई स्मरण गर्दै नगरपालिका भित्रको भाषा, संस्कृति र साहित्यको क्षेत्रमा काम गर्न नीलकण्ठ प्रज्ञा प्रतिष्ठानलाई जिम्मा दिएको बताउनुभयो ।
प्रतिष्ठानले गरेको काम अन्य स्थानीय तहले पनि अनुसरण गर्न योग्य रहेको उहाँको भनाई छ । प्रतिष्ठानले गर्दै आएको सम्पूर्ण गतिविधिहरुमा नगरपालिकाले निरन्तर सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाले भाषा तथा संस्कृति बलियो भएमा मानव सभ्यता र भोलीको भविष्य पनि उज्ज्वल हुने बताउनुभयो ।
त्यस्तै विहिबार उद्दघाटन समारोहलाई सम्बोधन गर्नुहुदै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले समाचार लेख्दा सानो शब्दले पनि ठुलो अर्थ राख्ने हुनाले यस तर्फ ध्यान दिन संचारकर्मीहरुलाई आग्रह गर्नुभएको छ । प्रशिक्षकको रुपमा अक्षरालय भाषा प्रतिष्ठानका प्रमुख डाक्टर गाउँले बलदेव अधिकारी रहनुभएको थियो ।
उक्त दुई दिनको गोष्ठीमा आफुहरुले धेरै कुरा सिक्ने र अभैm खारिने मौका पाईएको गोष्ठीमा सहभागी महेन्द्र माध्यमिक विद्यालयका शिक्षक रुद्र नारायण श्रेष्ठले बताउनुभयो ।
त्यस्तै दुई दिनको गोष्ठीको कारणले अब आफ्नो विद्यार्थीहरुको सिकाई पद्धतिमा केहि परिर्वतन तथा प्रभावकारी हुने बालमन्दिर माध्यमिक विद्यालयमा अध्याापन गराउनुहुने शिक्षिका सविता अधिकारीले बताउनुभयो ।
कार्यशालामा सहभागीहलाई प्रमाणपत्र वितरण गरिएको थियो । नीलकण्ठ प्रज्ञा प्रतिष्ठानको आयोजनामा विहिबार देखि सुरु भएको वृहद गोष्ठी आज समापन भएको हो ।
प्रतिक्रिया दिनुहोस