धादिङ २१ कार्तिक
धादिङमा नेकपा माओवादी केन्द्रको जनतासंग माओवादी विशेष रुपान्तरण अभियान तिव्र पारिएको छ ।
जनतासँग माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत उत्तरी धादिङको रुविभ्याली गाउँपालिका कमाण्डरको जिम्मेवारी पाएका जिल्ला संयोजक मनराज भण्डारी (शैलेस)ले घण्टौ पैदाल यात्रा गरि गाउँबस्तीको कुनाकन्दरामा पुगी बर्तमान सरकारको सुशासनको काम र पार्टीको विशेष अभियानबारे जनतालाई प्रष्ट पार्दै पार्टी प्रवेशमा व्यस्त भएका छन् ।
सोमबार अभियानकै क्रममा सोमदाङ ,पाङसाङ हुँदै रविभ्याली गाउँपालिका वडा नम्बर १ को पुरु गाउँमा टोल भेला गठन कार्य सम्पन्न गरिएको छ । उक्त भेलाबाट भागी लामा तामाङको अध्यक्षतामा ७ सदस्यीय टोल पार्टी समिति गठन गरिएको रुविभ्याली गाउँपालिका पार्टी अध्यक्ष कर्म लामाले रेडियो बिहानीलाई जानकारी दिनुभयो । उहाँले भेलाकै अवसरमा वार्दु लामा ,छन्दर लामा र रमेश तामाङ सहितको युवाहरु पार्टीमा प्रवेश गरेको बताउनुभयो ।
भेलालाई सम्बोधन गर्दै जिल्ला संयोजक मनराज भण्डारी (शैलेस)ले सम्पूर्ण कमरेडहरुलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभयो । उहाँले –‘हामी १० बर्षे महान जनयुद्धमा होमीदा खेरी रुविभ्यालीको जनताले महत्वपुर्ण योगदान दिनुभएको थियो र माओवादी केन्द्रले यो संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था ल्याउन सफल भयौँ,व्यवस्था त हामी सबै मिलेर बदलियौँ अब अवस्था बदल्न रुविभ्यालीको जनताले एकसाथ माओवादीकेन्द्रलाई साथ र सहयोग गर्न आवश्यक रहेको छ संयोजक भण्डारीले भन्नुभयो’–।
उक्त अभियानमा रुविभ्याली गाउँपालिका पार्टी अध्यक्ष कर्म लामा,युवा नेता खो बहादुर तामाङ लगायत स्थानीयबासीहरुको भव्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस