धादिङ १३ कार्तिक
धादिङको खनियाबास गाउपालिकामा ख्रीष्टियन कार्यक्रम उद्घाटन तथा झार्लाङको इसाई इतिहास समेटिएको पुस्तक विमोचन तथा पाष्टर अगुवा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री सालिकराम जम्माकटेलको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा,विशेष अतिथिको रूपमा संघीय सांसद रामनाथ अधिकारी ,बागमती प्रदेशका सांसद डम्बर तामाङ प्रमुख जिल्ला अधिकारी ( धादिङ ) बद्रीनाथ गैह्रे, पाष्टर काली बहादुर तामाङ रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि जमकट्टेलले जनताका आधारभुत समस्यामा स्थानीय सरकार जिम्मेवार बन्नु पर्छ भने जनसरोकारका मध्यम र ठुला योजनाहरु प्रदेश र केन्द्र सरकार मिलेर पुरा गरिने बताउनुभयो ।
उहाले पहिलेको झार्लाङ र अहिलेको झार्लाङमा धेरै परिवर्तन भएको र यसलाई आफुले अझै विकास गर्दै लाने बताउनुभयो ।
प्रभुलाई पाएको ४५ औ बर्षको अवसरमा झार्लाङका युवाहरुको संयुक्त आयोजनामा बृहत कार्यक्रम गरिएको हो ।
सोमबार सम्पन्न भएको कार्यक्रममा प्रमुख बक्तको रूपमा राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालका महासचिव पास्टर सिमन पाण्डेको उपस्थिति रहेको थियो । त्यस्तै अतिथि कलाकारको रूपमा चर्चित हास्यकलाकार सुलेमन संकर( इकु) स्थानीय कलाकारको रूपमा गायक अभय योन्जन तामाङ र फदर ख्रीष्ट तामाङ रहनुभएको थियो ।
अतिथिहरुमा झार्लाङ मण्डली पाष्टरहरु, खनियाबास गाऊपालिका अध्यक्ष रण बहादुर तामाङ,उपाध्यक्ष सेक्केमान तामाङ, गङ्गजमुना गाउँपालिका अध्यक्ष भक्त लामा , रुबिभ्याली गाउँपालिका अध्यक्ष राम सिङ तामाङ साविक झार्लाङ गा.बि .स खनियाबास गा.पा वडा न १ र २ का वडाध्यक्षा सोनाम बहादुर तामाङ र अरुण कुमार पाख्रीन लगायतको उपस्थिति रहेको ,कार्यक्रम अध्यक्ष मनोज तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस