धादिङ २७ असोज
राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङले बडा दशैको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न गरिएको छ ।
शनिबार सदरमुकाम धादिङवेशीमा राप्रपा धादिङले एक भब्य कार्यक्रमको आयोजना गरि शुभकामना आदन प्रदान तथा पार्टीको आगामी संगठानिक कार्ययोजना बारे छ्लफल गरिएको हो ।
जिल्ला अध्यक्ष ध्रुर्व खनालको अध्यक्षता केन्द्रिय नेता पूर्व मन्त्री ठाकुर प्रसाद शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा केन्द्रिय सदस्य परशुराम तामाङ,पार्टी केन्द्रिय सदस्य सरस्वती लामा,केन्द्रिय सदस्य तथा बागमती प्रदेश सांसद डम्बर तामाङ ,संघीय सांसद बिना लामाको उपस्थिति रहेको थियो ।
राप्रपाको केन्द्रिय उपाध्यक्ष तथा प्रतिनिधीसभा सदस्य बुद्धिमान तामाङले आफु स्वास्थ्य समस्यका कारण कार्यक्रममा उपस्थित हुन नसक्दा पत्रमार्फत धादिङवासी महानुभावहरुमा शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रमको प्रमुख अतिथि ठाकुर प्रसाद शर्माले राष्ट्रिय प्रजातन्त्र पार्टी धर्म संस्कार ,राष्ट्र र संविधानको मान्यता राख्ने विश्वकै ऐतिहासिक पार्टी भएको बताउनुभयो । उहाँले बडा दशैँ,छठ पर्वले सम्पुर्ण नागरिकहरुले चाहेको पुरा होस भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो ।
शुभकामना मन्तव्यकै क्रममा पुर्व मन्त्री परशुराम तामाङले सबै जनताको साथ र सहयोग भए मुलुकमा फेरिपनि आमूल परिवर्तन गर्न सकिने बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीको अभियानलाई जनताको घर घरमा पुराउन सके योे राष्ट्रमा वलियो पार्टीको रुपमा स्थापित हुने बताउदै हिन्दुहरुको महान चाड बडा दशैँ छठ पर्वले सबै नेपालीको रक्षा गरुन भन्ने शुभकामना व्यक्त गर्नुभयो ।
त्यस्तै प्रतिनिधीसभा सदस्य विना लामाले मुलुकमा भएको भ्रष्टचार,वेथिती,काण्डहरुको विरुद्धमा राप्रपाले प्रतिपक्षको भूमिका खेलिरहेको र सरकारलाई सचेत गराईरहेको बताउनुभयो । यो राष्ट्रलाई पहिचानको आधारमा हिन्दु राष्ट्र,धार्मिक स्वतन्त्रता सहितको राजतन्त्र,प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री प्रणाली घोषण गरेर विश्वमै नमुना देश नेपालको सन्देश दिने कार्य नेपाली जनताले गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै पार्टी केन्द्रिय सदस्य सरस्वती लामाले पार्टीको संगठानिक स्वरुपलाई मजबुद बनाउन संगठन विस्तार अभियानमा सबै जिम्मेवारी नेता कार्यकर्ता लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । संघीयताले देशमा निम्त्याएको ठुला ठुला काण्डहरु,भ्रष्चार विरुद्धमा सम्पुर्ण नेपाली जनता,राष्ट्रवादी शक्तिहरु एक हुन आवश्यक रहेको स्पष्ट पार्दै बडा दशैँ शुभ–दिपावलीले सबै नेपालीको सुःख शान्ति संबृद्धि र आर्थिक उन्नयनको शुभकामना व्यक्त गर्नुभयो ।
बागमती प्रदेश सांसद डम्बर तामाङले वर्तमान मुलुकको आर्थिक अवस्थालाई मध्यनजर गर्दा सबै ठाउँ,सबै क्षेत्रमा जनताले चाहे जस्तो बजेट स्वीकृत गर्न नपाउनु दुःखको कुरा रहेको बताउनुभयो । सांसद तामाङले संसदीय अभ्यासमा नयाँ र सिक्नुपर्ने कुरा धेरै रहेकाले राजनैतिक रुपमा यो वा त्यो नभनी समान र संबृद्ध धादिङ बनाउने उद्धेश्य रहेको स्पष्ट पार्नुभयो । उहाँले बागमती प्रदेश सरकारको नेतृत्व गर्ने विभिन्न राजनैतिक दलले राजनितीकै आधारमा आफुले माग गरेको योजनाहरु सम्बोधन नभएको गुनासो गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रतिनीधी सहित जिल्लाका १३ वटै स्थानीय तहका पार्टी प्रमुख तथा प्रतिनिधी,निर्वाचित जनप्रतिनिधी,जनवर्गीय संगठनका नेतृत्वहरुको भव्य सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस