धादिङ २६ असोज
धादिङमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नीलकण्ठ नगरपालिका – ६ स्थित भैरवी माध्यामिक विद्यालय परिसरमा ३५ जनाले रक्तदान गरेका छन् ।
नेपाल रेडक्रस सोसाईटी युवा रेडक्रस सर्कल भैरवी मा.विद्धारा आयोजित विजया दशमी, शुभ दिपावली, तथा छठ पर्व २०८० को शुभकामना आदान प्रदान कार्यक्रममा २० जना पुरुष र १५ जना महिलाले रक्तदान गरेका हुन् ।
रक्तदान कार्यक्रममा लायन्स क्लब अफ काठमाडौँ ब्लड सर्कलको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो ।
धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । जिल्लामा रगतको चरम अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको छ ।
प्रतिक्रिया दिनुहोस