धादिङ २० असोज
धादिङमा नेकपा माओवादी केन्द्र पार्टी निकट नेपाल उद्योग व्यापार महासंघ ज्वालामुखी गाउँपालिका समिती गठन गरिएको छ ।
शनिबार एक भव्य भेलाको आयोजना गरि भिमसेन कुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्ययीय समिती गठन गरिएको हो । जसको उपाध्यक्षमा लक्ष्मी दनै,सचिवमा दिपेनद्र सुनार,कोषाध्यक्षमा राजु श्रेष्ठ चयन भएको छ । त्यस्तै सदस्यहरुमा लोकनाथ खनाल,सूर्यमान श्रेष्ठ,कोपिला रम्तेल,विष्णु वयलकोटी,सरस्वती श्रेष्ठ,ध्रुर्व पोखरेल,पदमनारायण श्रेष्ठ,होमलाल श्रेष्ठ,लक्ष्मण कुमार श्रेष्ठ चयन भएको हो ।
पार्टीको जनमुखी अभियानलाई भरपुर रुपमा सहयोग गरी उद्योग र व्यापारीको आवाज बुलन्द गर्ने मोर्चाको रुपमा अगाडी बड्ने र उत्पादन र स्वरोजगारलाई बढवा दिई मुलुकको आर्थिक बिकास संबृको लागि उद्योग व्यापार महासंघले महत्वपुर्ण भुमिका खेल्ने केन्द्रिय उपाध्यक्ष ध्रुर्व थापाले बताउनुभयो ।
मुलुकमा देखिएको आर्थिक संकटलाई उकासी संघीय लोकत्रान्त्रिक गणतन्त्र नेपाललाई व्यावहारिक रुपमा मजबुद बनाउने उद्धेश्यकासाथ समिती गठन गरिएको जिल्ला सचिव हरिकृष्ण लम्सालले रेडियो बिहानीलाई बताउनुभयो ।
जिल्ला सचिव हरिकृष्ण लम्सालले संञ्चालन गरिएको कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघ जिल्ला अध्यक्ष दिपक कँडेलको अध्यक्षता केन्द्रिय उपाध्यक्ष ध्रुर्व थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा जनतासंग माओवादी विशेष रुपान्तरण अभियान कमाण्डर राजन रेग्मी९निशान लगायत गाउँपालिकाभरीका उद्योगी व्यापारी,पार्टीका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा सम्पन्न भएको थियो ।
सामाजिक सत्तामा नेकपा माओवादी केन्द्र पार्टी पंक्ति जनपक्षीय कामकार्वाहीमा एकताबद्ध हुने प्रतिबद्धता गर्दै जनतासंग माओवादी विशेष रुपान्तरण अभियान जिल्लाको १३ स्थानीय तहका १ सय ४ वटा वडाहरुमा सामाजिक सेवाका कार्यहरु संञ्चालन गर्दै अगाडि बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस