धादिङ २० असोज
धादिङमा अखिल नेपाल खेलकुद महासंघ नगर समिति गठन गरिएको छ ।
बिहिवार गणेश कुमार श्रेष्ठको अध्यक्षतामा एक भेलाको आयोजना गरि रत्नेस यादवको अध्यक्षतामा ११ सदस्य समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा करन तामाङ, सचिव रमेश विक, कोषाध्यक्ष अनु तामाङ, चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा भुवन विक, भक्त ब. गुरुङ, दिपक लम्साल, सुन्दीप तामाङ ,स्याङ्दीप तामाङ सुस्मिता गुरुङ र सुरज गुरुङ रहेका छन् । अध्यक्ष रत्नेस यादव धादिङ जिल्ला कबड्डी संघको अध्यक्ष समेत हुनुहुन्छ ।
नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य अप्सरा सिंखडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा, विशेष अतिथि नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य दिपक वि.क, नेकपा माओवादी नीलकण्ठ नगर अध्यक्ष शम्भु श्रेष्ठ, धादिङ जिल्ला खेलकुद समितिका अध्यक्ष प्रताप सिंह तामाङ, वागमति प्रदेश खेलकुद समितिका अमृत तामाङ अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष गणेश श्रेष्ठ लगायत विभिन्न खेलप्रेमीहरूको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस