धादिङ १७ असोज
धादिङमा मनोपरामर्श तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । बुधवार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको आयोजना र डेनिस रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल रेडक्रस सोसाइटीको उपसभापति ध्रुव थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङको जिल्ला कार्यसमितिको उपमन्त्री मिम्बा तामाङको प्रमुख आतिथ्यता रहेको थियो ।
डेङ्गीवाट प्रभावित व्यक्तिहरुलाई परामर्श दिने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रम नेपाल रेडक्रस सोसाइटी केन्द्रिय कार्यलयका टिकाराज पौडेलले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्री नेम वहादुर श्रेष्ठ लगायत धादिङका विभिन्न उपशाखाका सभापतिहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस