काठमाडौ १७ असोज
कृष्ण बहादुर लामिछाने
वरिष्ठ संवाददाता
नेकपा माओवादी केन्द्र नागार्जुन नगरसमिति काठमाडौले नेकपा माओवादी केन्द्रको केन्द्रिय समितिको चौथो पूर्ण बैठकको निर्णय अनुसार घर घरमा माओवादी जन जनमा माओवादी भन्ने मुल नाराका साथ ३ महिने संगठन निर्माण एवम् विस्तार अभियान अन्तर्गत जनतासँग माओवादी विशेष रूपान्तरण अभियान २०८० सन्चालन गरेको छ ।
नागार्जुन नगरपालिकाका सवै वडाहरुमा संचालन हुने अभियान वडा नम्बर १ राधाकृष्ण मन्दिर परिसरबाट सुरु गरि का वडा नम्बर १ का टोल टोलमा अभियान सञ्चालन गरिएको हो ।
उक्त अभियानमा सहिद परिवार, वेपत्ता परिवार, घाइते अपाङ्ग योद्धाहरू सहित किसान, मजदुर, विद्यार्थी युवा, महिला, दलित, आदिवासी, जनजाती अल्पसंख्यक पेसाकर्मी, विदेशबाट फर्कि आएका युवाहरू र आम जनसमुदायलाई टोल टोलका घर घरमा भेटी उनिहरूको गुनासो, आलोचना तथा समस्याहरुलाई धैर्यतापूर्वक सुनी त्यसलाई लिपीबद्ध गर्दै ति समस्याहरुको समाधान गर्न सम्बन्धित निकायमा प्रयत्न गर्ने प्रतिवद्धता जाहेर गरिएको थियो ।
साथै सबै जन वर्गिय संगठनहरू, मोर्चाहरुलाई नेकपा माओवादी केन्द्र पार्टीमा गोलबन्ध हुन उत्प्रेरित, गर्दै माओवादी केन्द्रको नेतृत्वमा देशमा समाजवादी क्रान्ती सम्पन्न गरि शान्ती र समृद्धि सहितको विकसित समाजवादी नेपाल निर्माण गर्न सक्ने जनदिशामा आधारित क्रान्तीकारी पार्टी निर्माणमा सहयोग पुयाउन सबैमा अपिल गरिएको थियो ।
नागार्जुन नगरपालिका १ राधाकृष्ण मन्दिर परिसरबाट सुरु गरिएको अभियानमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य एवम् नमा नागार्जुन नगरपालिका इन्चार्ज चित्रबहादुर क्षेष्ठ, केन्द्रिय सदस्य एवम् नागार्जुन नगरपालिकाका सह– इन्चार्ज निलकण्ठ तिवारी केन्द्रिय वैकल्पिक सदस्य एवम् विशेष प्रदेश सचिवालय सचिव कमल सापकोटा, विशेष प्रदेश सदस्य दधिराज घिमिरे, नागार्जुन नगर समितिका उपाध्यक्ष तथा वडा नं. १ का इन्चार्ज अर्जुन अधिकारी लगायत काठमाडौ जिल्ला कमिटिका सदस्यहरू, नागार्जुन नगरसमितिका सदस्यहरु, पार्टी सदस्यहरू र कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस