धादिङ १६ असोज
प्रेस सेन्टर नेपाल खनियाबास गाउँ पालिकाको तेस्रो भेला सम्पन्न भएको छ ।
मंगलबार एक भेलाको आयोजना गरि अनिता सुनारको अध्यक्षतामा ९ सदस्यीय समिति गठन गरिएको हो । जसको उपाध्यक्षमा देव बहादुर तामाङ, सचिवमा विरे लोप्चन सह–सचिवमा प्रशान्त तामाङ र कोषाध्यक्षमा उपासना तामाङ चयन भएका छन् ।
त्यसैगरि सदस्यहरुमा वेकिन तामाङ ,रोशन बयलकोटी,क्षितिज तामाङ चयन भएका छन् । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै जिल्ला संयोजक भण्डारीले निर्वाचित कमिटिलाई बधाई तथा कार्य सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्रको जनमुखी अभियान‘जनतासंग माओवादी विशेष रुपान्तरण अभियान’लाई ससक्त बनाउन देशव्यापी रुपमा पार्टीको नेतृत्वले टोल कमिटि गठन गर्ने,नयाँ समिति विस्तार गर्ने जनवर्गीय संगठन तथा मोर्चाका सदस्यताहरु वितरण गर्ने कमिटिहरू बनाउने र संगठनलाई मदबुद बनाउने,पार्टीलाई सुढृढीकरण बनाउने कार्य सँञ्चालन गरिरहेको छ ।
कलाकार सन्दिप स्याम्चेनको अध्यक्षता नेकपा माओवादी केन्द्र धादिङको जिल्ला संयोजक मनराज भण्डारी शैलेशको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा खनियाबास गाउँ पार्टी सचिव मनिल तामाङ,युवा नेता विमल तामाङ लगायत प्रेस सेन्टर धादिङका पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस