धादिङ १५ असोज
प्रेस सेन्टर नेपाल धादिङको नेत्रावती डब्जोङ गाउँपालिका प्रथम भेला सम्पन्न भएको छ ।
सोमबार एक भेलाको आयोजना गरि शक्ति तामाङको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । जसको उपाध्यक्षमा फुलमाया तामाङ , सचिवमा अमर गुरुङ,सह-सचिवमा अनु गुभाजु , कोषध्यक्षमा अम्रिका तामाङ चयन भएका हुन् । त्यसैगरि सदस्यहरुमा करुना सुनार र जित्ते तामाङ चयन भएका छन् ।
जनतासंग माओवादी विशेष रुपान्तरण अभियानलाई ससक्त बनाउन पार्टीको कार्यक्रम सूचना सन्देश आम जनताको पहुँचमा पुराउन महत्वपुर्ण भुमिका यो कार्य समितिले खेल्नेछ भन्ने मैले विश्वास लिएको छु,र पत्रकारीताले देशको परिवर्तन र यो व्यवस्थासम्म पुराउन गरेको भूमिका महत्वपुर्ण छ पार्टी अध्यक्ष प्रेम बहादुर तामाङले भन्नुभयो‘’–। अध्यक्ष तामाङले सत्य तथ्य खोजमुलक पत्रकारीता आजको आवश्यकता भएकाले स्थानीय सरकारको निति तथा योजनाहरुमा सहजै जनताको पहुँचमा हरेक सूचना यो टिमले पुराउनुपर्छ उहाँले भन्नुभयो ।
नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकाको ईन्चार्ज उर्मिला तामाङले टेलिफोन सम्पर्क मार्फत सम्पुर्ण निर्वाचित कार्यसमितलाई सफल कार्यकालको शुभकामना दिदै जनमुखी,तथ्यपरक पत्रकारीतामा जोड दिन आग्रह गर्नुभयो ।
प्रेस सेन्टर नेपाल नेत्रावती डब्जोङ गाउँपालिका कमाण्डर निर तामाङको अध्यक्षता नेकपा माओवादी केन्द्र नेत्रावती डब्जोङ गाउँपालिकाको अध्यक्ष प्रेम बहादुर तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा दिव्य दर्शन टेलिभिजन धादिङका संवादाता विरमान तामाङ लगायत नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस