धादिङ १४ असोज
धादिङमा आयुर्वेद सेवा सार्वजनिकिकरण कार्यक्रम सम्पन्न गरिएको छ ।
आइतबार जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने मुल नाराका साथ स्थानीय स्तरका पत्रकारहरूसँग अन्तरक्रियाका साथसाथै आर्थिक वर्ष २०८०–०८१ को आयुर्वेद सेवा सार्वजनिकिकरण गरिएको हो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धादिङका कार्यलय प्रमुख डा. अमुल्य दाहालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विश्वकर्मा रहनु भएको थियो भने विशेष अतिथिको रूपमा सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुली, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष राजाराम शर्मा समन्वय अधिकारी चेतनाथ अर्यालको उपस्थिति रहेको थियो ।
जिल्ला प्रशासन कार्यलय धादिङको खादा प्रयोग नगर्ने नितिलाई आत्मसात गर्दै सम्पूर्ण उपस्थित अतिथिहरुलाई पिपलको पातलाई व्याजको रूपमा प्रयोग गरि सम्मान गरिएको थियो ।
कार्यलयका वरिष्ट कविराज निरिक्षक (अधिकृत साँतौ) रमेश पनेरूले आयुर्वेद स्वास्थ्य केन्द्र धादिङबाट सञ्चालन हुने सेवाहरू कार्यलयले सम्पन्न गरिसकेको र सम्पन्न गर्न बाकि रहेका कार्यक्रमका बारेमा विस्तृत रूपमा प्रस्तुतिकरण गर्नुभएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथि विश्वकर्माले आयुर्वेद सेवाहरुलाई समय अनुकूल परिमार्जन र व्यापक विस्तार गर्न जरुरी रहेको बताउनुभयो । उहाँले धादिङवेशी जडिबुटीहरूको सम्भाव्य क्षेत्र भएका कारण अन्य जिल्लामा जस्तै यस जिल्लामा पनि आयुर्वेद’ उद्योगको स्थापना गर्न जरुरी रहेको बताउनुभयो ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ग्यास्ट्रीक, हड्डी खिएको, नसा च्यापिएको, बाथरोग, छाला सम्बन्धी, पाइल्सरफिसर, स्त्रीरोग रोगको उपचार गर्दै आएको वरिष्ठ कविराज निरीक्षक रमेश प्रसाद पनेरुले बताउनुभयो ।
कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका कार्यलय प्रमुख, जिल्ला समन्वय समिति धादिङका उपप्रमुख, समन्वय समिति का समन्वय अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी लगायत जिल्ला भरीका पत्रकारहरुको सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस