धादिङ १३ असोज
धादिङमा प्रेस सेन्टर नेपालको नीलकण्ठ नगरपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।
शनिबार एक भेलाको आयोजना गरि रचना श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । जसमा छिरिङ तामाङ,अनिता सुनार,सेलिका तामाङ,उपासना तामाङ लगायतको सदस्यहरु चयन भएको हो । संयोजक रचना श्रेष्ठ सामूदायिक रेडियो रेडियो बिहानी ९७.६ मेगाहर्जमा कार्यरत छ ।
प्रेस सेन्टर नेपाल धादिङ जिल्ला उपाध्यक्ष गीता अधिकारीको अध्यक्षता,पार्टी केन्द्रिय सदस्य अप्सरा सिंखडा,बागमति प्रदेश कोषाध्यक्ष संगीता भट्टराई,जिल्ला संयोजक मनराज भण्डारी,बागमती प्रदेश सचिवलय सदस्य दिपक विश्वकर्म,नीलकण्ठ नगर अध्यक्ष शम्भु कुमार श्रेष्ठ,प्रेस सेन्टर केन्द्रिय सदस्य नारायण सिलवाल,प्रेस सेन्टर नेपालको बागमती प्रदेश कोषाध्यक्ष बद्री अधिकारी,युवा नेता हरिकृष्ण लम्साल,वाईसीयल केन्द्रिेय सदस्य राजाराम रिजाल,वाईसीयल धादिङ जिल्ला सचिव राजन लम्साल,कार्यक्रम सञ्चालक जिल्ला सचिव सुमन अधिकारी लगायतको उपस्थितीमा सम्पन्न भएको हो ।
त्यस्तै ज्वालामुखी गाउँपालिकामा पनि गठन भएको छ । अमृत कुमार श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको हो । जसमा अशोक श्रेष्ठ,राज्य सिंखडा कौशल श्रेष्ठ,निशा श्रेष्ठ,विवेक रम्तेल लगायतको सदस्य रहेका छन् ।
धादिङको १३ वटै स्थानीय तहहरुमा प्रेस सेन्टर गठन गरि जिल्ला सम्मेलन तयारी गर्ने जिल्ला ईन्चार्ज नारायण सिलवालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस