धादिङ १२ असोज
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङले स्वास्थ्य सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रबार नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको आयोजना र डेनिस रेडक्रस सोसाइटीको आर्थिक सहयोगमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ रानी पौवा माध्यमिक विद्यालयमा र वडा नम्बर २ स्थित सल्यानटार माध्यमिक विद्यालयमा डेँगी रोग प्रतिकार्य सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो ।
डेँगी रोग प्रतिकार्य कार्यक्रम अन्तर्गत अभिमुखिकरण तथा सचेतना कार्यक्रममा डेङ्गी रोगको परिचय, लक्षण, लाम्खुट्टे उत्पन्न हुने स्थान , नियन्त्रणका उपाय र डेङ्गी रोगको उपचारबारे अन्तक्रिया गरेको हो ।
कार्यक्रममा युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका सदस्य अनिता सुनार,युवा रेडक्रस सर्कल नीलकण्ठ उपशाखा सदस्य राजन अधिकारी र नेपाल रेडक्रस सोसाइटी धादिङको स्वयंसेवक श्रीकृष्ण रिजालले सहजीकरण गरेको थियो ।
कार्यक्रम विद्यालयका प्रधानध्यापक, जुनियर रेडक्रस सर्कलका अध्यक्ष शिक्षक नायक र विधार्थिहरुको सहभागीमा सम्पन्न भएको थियो ।
प्रतिक्रिया दिनुहोस