धादिङ १२ असोज
धादिङमा विविध कार्यक्रम गरि मुटु दिवस मनाएको छ । शुक्रबार ’’मन लगाउँ, आफनो मुटु बचाउँ’’ भन्ने मुल नाराका साथ विविध कार्यक्रम आयोजना गरि मनाईएको छ ।
सदरमुकाम धादिङवेसीमा प्रभातफेरी गरि धादिङ अस्पतालमा पुगेर अभिमुखिकरण कार्यक्रम गरिएको हो । अभिमुखिकरण कार्यक्रममा धादिङ अस्पतालका जनरल फिजिसिएन डा.दिनेश रेग्मीले मुटुरोगको बारेमा जानकारी गराउनु भएको थियो ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान धादिङ शाखाका सभापति राजकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त अभिमुखिकरण कार्यक्रममा एक थान ईसिजी मेशिन जिल्ला अस्पताल धादिङलाई हस्तान्तरण गरिएको थियो ।
पतंजली योग समिति धादिङको सूचना अधिकारी अम्विका सुवेदीले लोक गितको लयमा मुटुको प्रसम्सा र रक्षाको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति धादिङका उपप्रमुख कुलमान विक, सहायक प्रमुख जिल्ला अधिकारी होमनाथ पराजुली धादिङ अस्पतालका अध्यक्ष राजाराम रिजाल लगायत नेपाल रेडक्रस सोसाईटी धादिङ, रोटरी क्लव धादिङ, लाईन्स क्लव धादिङ, नेत्रज्योति संघ, नेपाल क्षयरोग निवारण संस्था धादिङ, धादिङ सोसियल भोलेन्टियर, नेपाल पत्रकार माहासंघ, धादिङ,टोल विकास संस्था माहासंघका प्रमुख एवम् प्रतिनिधहरुको सहयोग र सहभागिता रहेको थियो ।
प्रतिक्रिया दिनुहोस