धादिङ ११ असोज
धादिङको वेनीघाट रोराङ गाउँपालिकामा निशुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सञ्चालन भएको छ ।
गाउँपालिका र नेपाल नेत्रहिन संघ पुर्नस्थापना कार्यक्रम गोरखा र भरतपुर आँखा अस्पतालको आयोजनामा गत असोज ८ गते वडा नम्बर ८ धुषा स्वास्थ्य चौँकी धुषाबाट सुरु भएको शिविरले बुधबार जयपुरी सामूदायिक स्वास्थ्य इकाई वडा नम्बर १० को जयपुरीमा पनि आँखाका समस्या भएका विरामीहरुको परीक्षण गरिएको छ ।
उक्त आँखा परीक्षण सेवामा ७० जनाले आँखाको परीक्षण गरिएको हो । ७० जनाको आँखा परीक्षण गर्दा १४ जनामा मोतियाविन्दु देखिएको वेनीघाट रोराङ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ब्रजेश तामाङले रेडियो बिहानीलाई जानकारी दिनुभयो । मोतियाविन्दु देखिएकोलाई‘यहि असोज १७ र १८ गते भद्रकाली आँखा अस्पताल वेनीघाटमा निशुल्क आँखा अप्रेशन गरिन्छ,हामीले निशुल्क औषधी तथा चस्मा पनि दिन्छौँ त्यसैले सबैले सेवा लिन अनुरोध गर्छु’ स्वास्थ्य शाखा प्रमुख तामाङले भन्नुभयो ।
उक्त शिविर आज वडा नम्बर ४ को इराङ सामूदायिक स्वास्थ्य इकाई,इराङ,यहि असोज १२ गते वडा नम्बर ३ को कार्यालय रिचोकटार मलेखु,१३ गते वडा नम्बर १ को जरुङ आधारभुत विद्यालय,जरुङ स्थित विहान १० बजेदेखि अप्ह्रान्न ३ बजेसम्म सञ्चालन हुने तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस