धादिङ ०२ असोज
सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्मको ११ औं स्थापना दिवस र संविधान दिवसको अवसरमा धादिङबेशीमा १३ जनाले रक्तदान गराएका छन् ।
सशस्त्र प्रहरी वल आश्रित गुल्म धादिङको कार्यालय परिसरमा भएको रक्तदान कार्यक्रममा १ जना महिला र १२ जना पुरुष गरी १३ जनाले रक्तदान गरेको नेपाल रेडक्रस सोसाइटी धादिङका सभापति दुर्लभ कुमार तामाङले जानकारी दिनुभयो ।
यस्तै स्वास्थ्य कार्यलय धादिङको सहयोगमा सशस्त्र प्रहरी,नेपाली सेना,संचारकर्मी लगायतको रक्तचाप,सुगरको चेकजाँच गरिएको सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म धादिङको प्रमुख राजकुमार कँडेलले रेडियो बिहानीसंग बताउनुभयो ।
रक्तदान कार्यक्रममा भने नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । जिल्लामा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ ।
रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, विद्यालयको बार्षिक उत्सव,सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि धादिङमा रगत संकलन गरीदैँ आएको धादिङ रेडक्रसका सभापति दुर्लभ कुमार तामाङले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस