धादिङ ०१ असोज
पृथ्वी राजमार्ग अन्तर्गत नौबिसे मलेखु सडक खण्डको बिस्तार तथा निर्माण कार्यलाई सहजीकरण गर्न जिल्ला प्रशासन कार्यलय धादिङले सडक आवत जावतमा रोक लगाउने निर्णय गरेको छ ।
सोमबार प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको अध्यक्षतामा जिल्ला प्रशासन कार्यलय धादिङमा बसेको सरोकारवाला निकाय सहितको वैठकले उक्त निर्णय गरि सूचना प्रकाशन गरेको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीका अनुुसार आगमी असोज ४ गते देखि २० गते सम्म हरेक राती ११ बजे देखि बिहान ३ बजेसम्म नियमित लागु हुने बताएको छ ।
उहाँले काठमाण्डौँबाट आउने सवारी साधन थाक्रे गाउँपालिका वडा नम्बर १ एक्लेफाँटमा रोकिने र मुग्लिन तर्फबाट आउने सवारी साधन गजुरी गाउँपालिका वडा नम्बर ५ घाटवेशी पुल नजिक रोकिने बताउनुभयो ।
नागढुंगा–मुग्लिङ सडक योजना(पुर्वी खण्ड) विस्तार कार्यको सहजिकरणका लागि उक्त निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस