धादिङ ३० भाद्र
गोरखामा बसको ठक्करबाट मोटरसाइकल चालकको ज्यान गएको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका सिरानचोक गाउँपालिका वडा नम्बर ४ का २७ वर्षीय रामलाल कुमालको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।
भच्चेकबाट गोरखा बजार आउँदै गरेको ग १ ख ९७३६ नम्बरको बस र विपरीत दिशाबाट जाँदै गरेको ग ७ प १५१० नम्बरको मोटरसाइकल सिरानचोक गाउँपालिका वडा नम्बर ४ को अमराईमा शनिवार बिहान साढे १० बजेतिर आपसमा ठोक्किएका थिए ।
गम्भीर घाइते कुमाललाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो । दुर्घटनापछि चालक तथा बसलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस