धादिङ ३० भाद्र
“बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी“ भन्ने मुल नाराका साथ शुक्रबार ५९ औँ राष्ट्रिय बाल दिवसको अवसर पारी श्री देउराली माध्यमिक विद्यालय तथा प्राविधिक विद्यालयमा खेलकुद लागायत विभिन्न कार्यक्रम आयोजना गरी कार्यक्रम सम्पन्न गरेको छ ।
नर्सरी कक्षा देखि ४ सम्म बेलुन फुटाइ, कक्षा ५ लाई तातो आलु,कक्षा ६ लाई हाडी फुटाइ, कक्षा ७ लाई म्युजिकल चेयर,कक्षा ८,९ र १० लाई लौरो साटी जस्ता विभिन्न खेलकुदका क्रियाकलापहरु गराई भरपूर मनोरञ्जनका साथ प्रथम,द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कार वितरण तथा सम्पुर्ण विद्यार्थीहरुलाई नेपाली महिलाहरुको महान पर्व तीजको अवसरमा दर खुवाउने कार्यक्रम सम्पन्न गरेको बिद्यालयका शिक्षक एबम् अतिरिक्त क्रियाकलाप संयोजक जम्कटेलले जानकारी दिनु भयो ।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै प्रधानध्यापक खिल बहादुर धमलाले राष्ट्रिय बालदिवसको मर्म नारामा मात्र सीमित नभई व्यवहारमा पनि लागु हुनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस