धादिङ २९ भाद्र
नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले स्वास्थ्य सुरक्षाका सामाग्रीहरू वितरण गरिएको छ ।
शुक्रबार एक कार्यक्रमको आयोजना गरि ५९ औँ वाल दिवसको उपलक्षमा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाले नमुना वौद्धिक अपाङ्गता आधारभुत विद्यालयमा स्वास्थ्य सुरक्षाका सामाग्रीहरू वितरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी धादिङका मन्त्री नेम बहादुर श्रेष्ठ,कोषाध्यक्ष नारायण कुमार श्रेष्ठ,उपमन्त्री मिम्वा तामाङ,कार्यालय प्रमुख आगमन खतिवडा र विद्यालय व्यवस्थापन समिति अध्यक्ष निषा अधिकारी साथै शिक्षकहरूको उपस्थितीमा सम्पन्न भएको हो ।
उक्त कार्यक्रमा व्यवस्थापन समितिका अध्यक्षले विद्यालयमा अत्ति आवश्यक सामग्री उपलब्ध गराएकोमा नेपाल रेडक्रस धादिङ शाखालाई विशेष धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
जिल्लामा विभिन्न आपतविपतका घटनाहरुमा रक्तदान देखि सामाजिक सेवाका कार्यहरुमा नेपाल रेडक्रस सोसाईटी धादिङ शाखाले सहयोग गरिदै आएको छ ।
प्रतिक्रिया दिनुहोस