धादिङ २९ भाद्र
सुमन अधिकारी(गल्छी)
धादिङको गल्छी गाउँपालिकामा गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय वतृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार “बालबालिकामा लगानी ःसुनिश्चित भविष्यको थालनी’’भन्ने नारा सहित ५९ औं राष्ट्रिय बाल दिवसको अवसरमा गल्छी गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाद्वारा आयोजित गाउँपालिका स्तरीय अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
संबृद्ध नेपाल निर्माणमा विद्यालय शिक्षाको भूमिका शिर्षकमा वतृत्वकला प्रतियोगिता कार्यक्रम सम्पन्न भएको कार्यक्रममा गल्छी गाउँपालिका अध्यक्ष केदारनाथ खतिवडाको अध्यक्षता उपाध्यक्ष भाइकाजी तिवारी,सामाजिक विकास समिती संयोजक नारायण कार्की लगायत विभिन्न विधालयका प्रधानाध्यापकहरुको आतिथ्यता रहेका थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि केदारनाथ खतिवडाले वालवालिकाको अन्तरनिहीत क्षमताको उजागर गर्न गाउँपालिकाको शैक्षिक गुणस्तर बृद्धि गर्न यस्ता कार्यक्रमले सहयोग पुगेको बताउनुभयो ।
उक्त प्रतियोगितामा ११ वटा विधालयबाट १७ जना प्रतिस्पर्धी विद्यार्थीहरुको सहभागीता रहेको थियो । उक्त कार्यक्रममा जन कल्याण माध्यमिक विद्यालय गल्छी गाउँपालिकाकी संमृद्धि दाहाल प्रथम,द राइजिङ भिलेज माध्यमिक विद्यालयका विवेक थापा द्वितीय र बागेश्वरी माध्यमिक विद्यालयकी रोशनी वाग्लेले तृतीय स्थान मा विजेता हासिल गरेको गाउँपालिकाको शिक्षा,युवा तथा खेलकुद शाखाले जनाएको छ ।
विजेता सबै टिमलाई पुरस्कार तथा प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस