धादिङ २९ भाद्र
धादिङको न्यु किवो वोर्डिङ माध्यमिक बिद्यालयमा ५९ औँ वाल दिवस भब्यताका साथ सम्पन्न भएको छ ।
“बालबालिकामा लगानी, सुनिश्चित भविस्यको थालनी भन्ने मुल नाराका सांस्कृतिक तथा तीज विशेष कार्यक्रम गरिएको हो । विद्यलायका क्याप्टेन समीर भण्डारीको सभाअध्यक्ष तथा बिद्यालयका प्रधानध्यापक प्रयास रेग्मीको प्रमुख अतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा नित्य प्रतियोगिता सँगै सांगितिक प्रस्तुती र झाँकी नाच प्रदर्शन समेत गरि विद्यालयले ५९ औं बाल दिवस भब्यताका साथ मनाएको हो । उक्त कार्यक्रममा आधारभुत तह देखि माध्यमिक तह सम्मका विधार्थिहरु बिच नृत्य प्रतियोगिता भएको थियो ।
उक्त प्रतियोगितामा प्रि प्राइमरी तर्फ यु. के.जि. म्यारी गोल्ड प्रथम, यु. के.जि. जस्मिन द्वितीय , एल. के. जि. लिलि तृतीय , प्राइमरी तर्फ कक्षा – ३ प्रथम , कक्षा –२ (पहिलो समूह) द्वितीय , कक्षा – १(पहिलो समूह) तृतीय , निम्न माध्यमिक तह तर्फ कक्षा – ४ प्रथम र तृतीय (दुवै समूह बाट ) कक्षा – ६ द्वितीय , र माध्यमिक तह तर्फ द्वितीय कक्षा – ६, कक्षा – ८ ले प्रथम स्थान हासिल गरेको थियो ।
प्रतिक्रिया दिनुहोस