धादिङ २९ भाद्र
हर्क तामाङ (खनियावास)
धादिङको खनियाबास गाउँपालिकामा रहेको शिङ्गला देवी माध्यमिक बिद्यालयमा ५९ औँ बाल दिवस कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका छन ।
“वालवालिकामा लगानी,सुनिश्चित भविस्यको थालनी’ भन्ने मुल नाराका साथ शुक्रबार सिर्जनशील वालक्लवको आयोजनामा साँस्कृतिक कार्यक्रम गरिएको हो । वालक्लवका अध्यक्ष अजय तामाङको सभाअध्यक्षता तथा विद्यालयका प्रधानध्यापक बिमल लामाको प्रमुख अतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विभिन्न विधामा प्रतिस्पर्धा गरिएको थियो ।
विशेष गरि विद्यालय शिक्षाको राष्ट्रिय उदेश्यले राखेका उदेश्य पूरा गर्नको लागि समय– समयमा विभिन्न किसिमको अतिरिक्त क्रियाकलापहरु संचालन गर्दै आइरहेको यस विद्यालयले शुक्रबार वाल दिवसको अवसर पारी गायक,कविता र नृत्य गरि ३ विधा तर्फ प्रतिस्पर्धा गराईएको प्रधानध्यापक बिमल लामाले जानकारी दिनुभयो ।
प्रमुख अतिथि समेत रहेका प्रधानध्यापक लामाले विद्यार्थीको सर्वाङगाीण पक्षको बिकास गर्ने थलो बिद्यालय भएको दावी गर्नुभयो । विद्यार्थी जीवन भनेको आफ्नो भबिस्यको खाका कोर्ने समय भएको हुनाले प्रत्येक विद्यार्थीहरु यस्तै विभिन्न अतिरिक्त क्रियाकलापहरुमा सरिक भइ आफुमा भएको प्रतिभालाई बाहिर देखाउनको लागि अनुरोध गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस