धादिङ २५ भाद्र
धादिङको सिद्धलेक गाउपालिका वडा नम्बर २ ठाँटी भञ्ज्याङमा रहेको नलाङ स्वास्थ्य चौकीमा सोमबारबाट प्रयोगशाला सेवाको सुचारू भएको छ ।
सोमबार एक कार्यक्रमका विच स्वास्थ्य चौकि उद्घाटन सँगसँगै प्रयोगशाला सेवाको समेत सुचारू गरिएको हो ।
सिद्धलेक गाउँपालिकाका अध्यक्ष परशुराम खतिवडाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा गाउपालिकाको उपाध्यक्ष सविता अर्यालको विशेष आतिथ्यता रहेको थियो ।
प्रमुख अतिथि खतिवडाले स्वास्थ्य चौकीको प्रयोगशालाको सशुल्क मूल्य सार्वजनिक गर्दै अब गाउपालिका वासीले स्वास्थ्य सेवाको लागी अन्यत्र भौतारिनु नपर्ने र सुलभ र गुणस्तरीय सेवा यहि बाटै प्रदान गरिने बताउनुभयो ।
सार्वजनिक गरिएको प्रयोगशाला सशुल्क मूल्य सुचीमा हेमाटोलोजी परीक्षण, इम्युनोलोजी र सेरोलोजी परीक्षण, बायोकेमिस्ट्रि परीक्षण र प्याथोलोजी परीक्षण अन्तर्गतको विविध सेवाहरु समावेश गरीएको छ ।
इम्युनोलोजी र सेरोलोजी परीक्षण अन्तर्गतका एच.आई.भि र पि.एम.टि.सि.टि परीक्षण भने निःशुल्क रहेको अध्यक्ष खतिवडाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस