धादिङ २३ भाद्र
शनिवार धादिङको नीलकण्ठ नगरपालिका स्थित नीलकण्ठ बहुमुखी क्याम्पसबाट आयोजित क्षेत्रगत भ्रमण कार्यक्रम सम्पन्न भएको छ ।
शनिवार एक विशेष कार्यक्रमको आयोजना गरि नीलकण्ठ बहुमुखी क्याम्पसको मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गतका बि.ए र बि एस डव्ल्यु मा अध्ययनरत विद्यार्थी हरुको उपस्थितिमा सम्पन्न गरिएको थियो ।
क्याम्पसको बि.ए र बि एस डव्ल्यु मा अध्ययरत स्नातक तहका ४ वटै वर्षका विद्यार्थीहरुको अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रयोगात्मक परीक्षाका लागि क्षेत्रगत भ्रमण तथा अध्ययनका उक्त कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक उपप्राध्यापक सिताराम महतले बताउनुभयो ।
धादिङको निलकण्ठ नगरपालिका १२ स्थित आपस्वारामा रहेको नया वस्तीमा लगि विभिन्न समुहमा कार्यविभाजन गराई त्यहाको आर्थिक स्थिति र त्यस ठाउको सामाजिक र साँस्कृतिक पक्षबारे जानकारी लिन लगाइएको कार्यक्रमको संयोजक प्राध्यापक नवराज सापकोटाले बताउनुभयो ।
कार्यक्रममा संयोजकको रूपमा क्याम्पसका उपप्राध्यापक नवराज सापकोटा, सिताराम महत, नीलकण्ठ क्याम्पसका स्व वि यु उपसभापती उत्तम सिलवालको सहभागिता रहेको थियो । त्यसैगरी उक्त कार्यक्रममा सरसफाई तथा वातावरण स्वच्छ, क्रियाकलाप अभियान समेत सञ्चालन गरिएको थियो ।
क्याम्पसको वार्षिक कार्यक्रम अन्तर्गत मानविकी तथा सामाजिकशास्त्र संकाय अन्तर्गत विविध कार्यक्रम मध्य को यो फिल्ड भ्रमण कार्यक्रम पनि एक हो ।
विद्यार्थीहरुलाई क्षेत्रगत भ्रमण गराई प्रतिवेदन लेखन तथा प्रस्तुतिकरण पनि सिकाउनुका साथसाथै विद्यार्थीहरुलाई कितावी ज्ञानमा मात्र सिमित नराखी वाह्य अतिरिक्त ज्ञान सँगसँगै विद्यार्थीहरुलाई समुदायमा प्रत्यक्षीकरण गराई मौलिक ज्ञान हासिल गराउने र नेपालको आन्तरिक बसाई सराइले पारेको प्रभाव सामाजिक, सांस्कृतिक तथा आर्थिक प्रभावको बारेमा समेत सिकाउने उद्देश्यले उक्त कार्यक्रमको आयोजना गरिएको संयोजक उपप्राध्यापक महतले बताउनुभयो ।
विद्यार्थीहरूलाई दुई समुहमा विभाजन गराएर सामाजिक तथा सांस्कृतिक प्रभाव र बसाई सराइले आर्थिक अवस्थामा पारेको प्रभाव वारे खोज कार्य गराइएको थियो क्याम्पसले बि.ए र बि एस डव्ल्यु मा अन्तर्गतका विविध विषय अनुरूपको पाठ्यक्रम र कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
प्रतिक्रिया दिनुहोस