धादिङ २२ भाद्र
बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्कटेलले बागमती प्रदेशकै बिकास र संबृद्धिमा बढि चिन्ता र चासो रहेको बताउनु भएको छ ।
शुक्रबार धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ च्याङ्लीमा चेपाङ समूदायको राष्ट्रिय सांस्कृतिक न्वागी(छोनाम)पर्वको उद्घाटन गर्नुहुदै उहाँले यस्तो बताउनुभएको हो ।
बागमती प्रदेश सरकारले पिछडीएका वर्ग,जाति,समूदायको उत्थान र सामाजिक न्यायसहितको बिकास र सुशासनको लागि कार्ययोजना बनाई काम गरिरहेको स्पष्ट पार्नुभयो ।
आफु मुख्यमन्त्री भएपछि चेपाङ समूदायलाई उत्थान र बिकास गर्न प्राथमिकतामा राखेको बताउनुभयो । उहाँले भन्नुभयो–‘हामीले बार्षिक कार्यपात्रोमा राखेर नै बागमती प्रदेश सरकारले बिदा दिने निर्णय गरेको छ यो लागु भैसकेको छ’ ।
मुख्यमन्त्री जम्कटेलले धादिङ मकवानपुर र चितवनका चेपाङ समूदायका बिकासका निम्ति संरक्षित क्षेत्र घोषणा गर्नुपर्ने कुराहरु बाहिर आएको हुनाले राजनैतिक स्वार्थ भन्दा पनि संस्थागत रुपमा कार्यदलनै बनाएर बिकास र संबृद्धिमा जोड्नुपर्ने तर्क व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री जमरकटेलले गजुरी गाउँपालिका भित्रको चेपाङ समूदाय र तामाङ समूदायमा सडक पुर्वाधार,खानेपानी,विजुली वत्ति,बाल्नका लागि विभिन्न निकायसंग धेरै पहल गरि संञ्चालनमा ल्याएको बताउनुभयो ।
हरेक बर्ष चेपाङ समूदायले मनाउने राष्ट्रिय न्वागी(छोनाम)पर्वमा चेपाङ संघका केन्द्रिय अध्यक्ष गाविन्दराम चेपाङ,संघीय सांसद रामनाथ अधिकारी,बागमती प्रदेश सरकारका पुर्व राज्यमन्त्री सन्त बहादुर चेपाङ,गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठ नेपाल रेडक्रस सोसाईटी धादिङका सभापति लगायत विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधी,राजनैतिक दल,पत्रकारहरुको भव्य उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस