धादिङ २२ भाद्र
धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा अवस्थित न्यु किबो बोर्डिङमा विविध कार्यक्रम गरि बुक फ्रि फ्राइडे मनाईएको छ ।
विद्यार्थीहरुलाई शैक्षिक क्रियाकलाप सँग सँगै अतिरिक्त क्रियाकलापमा पनि अब्वल बनाउने उद्देश्यले प्रत्येक हप्ताको शुक्रबार बुक फ्रि फ्राइडे मनाउदै आइरहेको छ ।
विद्यालयले आज एक कार्यक्रमको आयोजना गर्दै कक्षा १ देखि १० सम्मका विद्यार्थी हरुलाई समावेश गराएर अन्तरसदनात्मक हाजीरीजबाफ कक्षा (१–५) र खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिता (६–९) सञ्चालन गरेको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो ।
प्रतियोगितामा सहभागी भएका विद्यार्थी हरुमध्ये कक्षा १–२ तर्फको अन्तर सदनात्मक हाजीरीजवाफमा रातो सदन तर्फ प्राञ्जल लम्साल, जस्मीन नेपाली र समीरा बराइली प्रथम, हरियो सदन तर्फका उत्सुकता सिलवाल, सोनिका शाक्य, प्रविश ढकाल द्वितिय र निलो सदन तर्फ सृष्टि श्रेष्ठ, सिर्जल अर्याल, आरुषी कुमारी महतो तृतिय भएका हुन् ।
त्यसैगरी कक्षा ३ देखि ५ विचको अन्तर सदनात्मक हाजीरी जवाफ प्रतियोगितामा नीलो सदन तर्फ उन्नव दुवाडी मिदम नेपाल, तिहारीका शाक्य प्रथम, राजिव श्रेष्ठ, क्रिशल रेग्मी, क्रिष्टीना तिवारी द्वितिय र एलेक्स भट्ट, रीया गुरुङ र सीजन लोहनी तृतिय भएका छन् ।
त्यसैगरी पहिलो चरणको बुद्धिचाल (चेस) प्रतियोगीताबाट आसिष तामाङ, अकिंत लम्साल हिमाल गुरुङ र अंगराज गुरुङ छनौट हुन सफल भएको संयोजक भट्टले जानकारी दिनुभयो ।
विद्यालयले सैद्धान्तिक शिक्षालाई मात्र जोड नदिइकन व्यवहारीक र जीवन उपयोगी शिक्षालाई पनि ध्यान दिनुपर्छ भन्ने मान्यताका साथ हरेक हप्ता बुक फ्रि फ्राइडे मनाउने गरेको विद्यालयका प्रधानाध्यापक प्रयास रेग्मीले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस