धादिङ २२ भाद्र
धादिङमा डेनिस रेडक्रसको आर्थिक सहयोग तथा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनामा आज डेङ्गी रोग नियन्त्रण प्रतिकार्य अभियान अन्तर्गत खोज र नष्ट अभियान सम्पन्न गरिएको छ ।
आज शुत्रबार सम्पन्न भएको उक्त कार्यक्रम नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाका सभापति श्री दुर्लभ कुमार तामाङ ,स्वास्थ कार्यलयका जनस्वास्थ्य अधिकृत तोयनाथ छत्कुली , जिल्ला शाखा कर्मचारी आगमन खतिवडा ,नगर पालिकाका नगर प्रहरी ,युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसका अध्यक्ष शर्मिला अर्याल , युवा रेडक्रस सर्कल नीलकण्ठ माध्यमिक विद्यालयका अध्यक्ष दिपेन्द्र आर्चाय , नीलकण्ठ बहुमुखी क्याम्पस स्व वि यु उपसभापति उत्तम सिलवाल लगायतको उपस्थितमा सम्पन्न गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस