धादिङ २० भाद्र
मानव बेचबिखन तथा ओसार पसार विरुद्धको १७ औं राष्ट्रिय दिवस धादिङमा पनि मनाइएको छ ।
आज बुधबार दिवसको अवसरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा सदरमुकाम धादिङबेसीमा प्रभातफेरी निकालिएको थियो ।
प्रभातफेरीमा ‘मानव बेचविखन बिरुद्ध सारा नेपाली एक हौं, हाम्रो चाहना मावन बेचविखनरहित समाजको परिकल्पना, एउटै लक्ष्य एउटै सार मानव बेचविखनको अन्त्य हाम्रो सरोकार’लगायत लेखिएको प्लेकार्टसहितको ¥याली सदरमुकामको पुछार बजारबाट बीच बजार पुगेर सम्पन्न भएको थियो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । मानव बेचविखन तथा ओसार पसार हुन लागेमा प्रहरीलाई खबर गर्न पनि सचेत गराइएको प्रभातफेरीमा सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधिहरु सहभागि थिए ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले मानव बेचबिखन तथा ओसारपसार गर्नेका विरुद्धमा निकै बलियो कानुन भएपनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या भएको बताउनुभयो ।
त्यस्तै जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जिल्लामा मानव बेचबिखन तथा ओसारपसारको अवस्था र नियन्त्रणको कार्य बारेमा जानकारी गराएका थियो ।
मानव बेचबिखन तथा ओसारपसार देशकै ठूलो समस्या भएकाले यसलाई निर्मूल गर्नका लागि सबै पक्ष लाग्नु पर्नेमा जोड दिनुभयो । सन् २००२ मा दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क सम्मेलनबाट पारित बालबालीका बेचबिखन विरुद्धको महासन्धीलाई स्मरण गर्दै २०६३ बाट नेपालमा यो दिवस मनाउन थालिएको हो ।
प्रतिक्रिया दिनुहोस