धादिङ २० भदौ
झापाको दमक–१ निवासी डाक्टर प्रज्वल कोइराला बेपत्ता भएको १० दिनमा मृत अवस्थामा फेला परेका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिका–२ कोशीको भंगालो छुटेर टापु बनेको क्षेत्रमा उनको शव भेटिएको हो ।
माछा मार्ने स्थानीयले शव देखेर प्रहरीलाई खबर गरेका थिए । डाक्टर कोइरालाको फोटोसँग मिल्दो जुल्दो रहेको सुरक्षा वेश चतराका इन्चार्ज शसस्त्र प्रहरी निरीक्षक देवेन्द्र रोक्काले जानकारी दिए। रोक्काका अनुसार साढे ४ बजेतिर खबर आएपछि रोक्कासहितको टोलीले शवलाई धरानको बीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टमार्टमका लागि पठाइएको थियो ।
मृतक डाक्टरका बुवा दिवाकर कोइरालासहित वडाअध्यक्ष हरिप्रसाद न्यौपानेको टोली धरान पुगेर पहिचान गर्दा डाक्टरकै शव भएको अध्यक्ष न्यौपानेले जानकारी दिनुभयो ।
डाक्टर कोइराला भदौ १० गते देखि बेपत्ता भएका थिए। उनको गाडी, जुत्ता र मोवाइल कोशी व्यारेज छेऊमा ११ गते फेला परेको र सीसी क्यामेराको फुटेज हेर्दा नदिमा हामफालेको आशंका गरिएको थियो। ३२ वर्षीय कोइराला मदन भण्डारी ट्रमा सेन्टर उर्लाबारीमा जनरल सर्जनको रुपमा कार्यरत थिए।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस