धादिङ १६ भदौ
नेकपा माओवादी केन्द्र नीलकण्ठ नगरपालिका वडा नम्बर ६ ले धादिङको पुरानो सदरमुकाम देखि भैरवी मन्दिर सम्म दौड प्रतियोगिता गरि तीन महिने ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ उद्घाटन गरेको छ ।
आज दिउँसो १ बजे भएको उक्त दौड प्रतियोगितामा सहभागी भएकाहरु मध्य सन्देश घले प्रथम, पावल तामाङ दित्तिय र राम घले तितृय भएका छन् ।
विजयी भएकाहरुलाई नगद, प्रमाण पत्र, ट्रफी र जर्सी प्रदान गरिएको अभियानका जिम्मेवारी बहन गरेका माओवादी केन्द्र धादिङका जिल्ला सदस्य अमृत तामाङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस