धादिङ १५ भदौ
आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको छ । आईसीसी महिला टी–ट्वेन्टी विश्वकप एसिया छनोट खेलमा नेपालले बहराइनलाई १० विकेटले हराएको छ ।
मलेसियाको क्वालालम्पुर क्रिकेट मैदानमा नेपालले २.५ ओभरमा बहराइनले दिएको ३२ रनको लक्ष्य भेट्टाएको हो ।
नेपालका ओपनर कविता कुँवरले १७ रन र सीता रानामगरले २ रन नटआउट रहे। १३ रन एक्ट्रा रन नेपालले प्राप्त ग¥यो। बहराइनले टस जितेर ब्याटिङ रोजेपछि नेपालले बलिङ गरेको थियो ।
नेपालका बलरका सामु बहराइनका ब्याटिङ चल्न सकेन । बहराइनकी कप्तान दीपिका रसङ्गीकाले ११ रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
बहराइनलाई सस्तैमा समेट्न इन्दु वर्माले तीन विकेट, खुशी डंगोलले दुई विकेट, कविता कुँवर, पुजा महतो, रविना छेत्री बेलवासीले समान एक रएक विकेट लिएका थिए ।
पहिलो खेलमा घरेलु टोली मलेसियाविरुद्ध ५ रनको रोमाञ्चक जित निकालेको नेपाली टोली आज लगातार दोस्रो जित हात पारेको हो ।
११ टोली सम्मिलित प्रतियोतिमा नेपालको समूहमा ६ टोली रहेका छन्। समूह ए को शीर्ष दुई मात्र सेमिफाइनलमा पुग्नेछन् ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस