धादिङ १४ भदौ
धादिङमा डेङु रोग प्रतिकार्य सम्बन्धि सचेतता अभियान सम्पन्न भएको छ ।
बुधबार डेनिस रेडक्रसको आर्थिक सहयोग तथा नेपाल सोसाइटी केन्द्रिय कार्यलयको समन्वयमा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाको आयोजनमा डेङु रोग प्रतिकार्यसम्बन्धि सचेतता अभियान गरिएको हो ।
कार्यक्रम अन्तगत बुधबार नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाबाट खटिएको सक्रिय स्वंमसेवकहरुबाट युवा रेडक्रस सर्कल नीलकण्ठ माद्यामिक विद्यालयमा उक्त कार्यक्रम गरिएको थियोे ।
कार्यक्रममा युवा रेडक्रस सर्कल नीलकण्ठ माद्यामिक विद्यालयका अध्यक्ष दीपेन्द्र आचार्य ,प्राध्यापक धुर्ब अधिकारी तथा शिक्षक नायक राजेन्द्र राना मगर लगायत अन्य विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
सोहि कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी धादिङ जिल्ला शाखाबाट स्वंयसेवक राजन अधिकारी ,रोशन बलयकोटा र शर्मिला अर्यालले सचेतना दिनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस