धादिङ ३ भदौ
प्रदेश खेलकुद विकास परिषद् , बागमती प्रदेशले अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
आईतबार परिषद्का अध्यक्ष सामाजिक विकास मन्त्रि कुमारी मोक्तानको अध्यक्षतामा बसेको बोर्ड बैठकले अन्तर प्रदेश राष्ट्रिय खेलकुद यहि फागुन २४ देखि ३० गतेसम्म गर्ने निणर्य गरेको जानकारी परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले दिनुभयो ।
प्रतियोगिता आयोजना हुने स्थान भने यकिन भइसकेको छैन । प्रतियोगितामा सातवटै प्रदेशको सहभागिता रहने बताइएको छ । अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा कम्तीमा १३ खेल समावेश गरिने बताइएको छ ।
दोश्रो बागमती प्रदेश खेलकुदमा समावेश १३ खेललाई समावेश गरिने सदस्यसचिव भण्डारीले जानकारी दिनुभयो । दोश्रो बागमती प्रदेश खेलकुदमा एथलेटिक्स, पौडी, ब्याडमिन्टन, कराँते, तेक्वान्दो, भलिबल, उसु, जुडो, आईटीएफ तेक्वान्दो, रग्बी, फुटबल, क्रिकेट र बक्सिङको प्रतिस्पर्धा भएको थियो ।
बैठकले बागमती प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड माघ मसान्तभित्र सम्पन्न गर्ने निणर्य पनि गरेको छ । यसैगरी स्थानिय तह र जिल्ला स्तरीय राष्ट्रपति रनिङ सिल्ड क्रमशः आगामी मंसिर र पुसमा सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइने भएको छ ।
प्रतिक्रिया दिनुहोस