धादिङ ०१ भाद्र
धादिङको नीलकण्ठ माध्यमिक विद्यालयमा विद्यार्थीहरुको स्वागत,सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार एक भव्य कार्यक्रमको आयोजना गरि कक्षा १२ उतीर्ण गरेका विद्यार्थीहरुलाई बिदाई कक्षा १० मा उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरुलाई सम्मान र कक्षा ११ मा नयाँ भर्ना भएर आएका विद्यार्थीलाई स्वागत गरिएको हो ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विस्णुकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिको रूपमा नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी रहनुभएको थियो भने विशेष अतिथिको रूपमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार श्रेष्ठ, नीलकण्ठ नगरपालिकाका शिक्षा शाखाका प्रमुख नारायण प्रसाद वाग्ले र जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख भगवान पौडेलको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले विद्यार्थीहरुको उज्वल भविष्यको कामना गर्दै सबै विद्यार्थीहरुले आफ्नो भविष्य उज्वल बनाउनप्रति ध्यान दिदै विद्यालयको माया र विद्यालयप्रति सम्मान सदैव गरिरहनुपर्ने बताउनुभयो ।
त्यसैगरी कार्यक्रममा भुपु सैनिक एवम् सैनिक पेसाबाट पेसा निवृक्त हुनुभएको जुजुमान शाक्यले आफुले सञ्चालन गरेको व्यवसायबाट उठेको सम्पूर्ण आम्दानीको सबै रकम एसईईमा उत्कृष्ट नतिजा प्राप्त गर्ने २ जना विद्यार्थीलाई ३ हजार ८ सय रुपैँयाका दरले छात्रवृत्ति स्वरुप रकम प्रदान गरिएको थियो ।
त्यसै गरि नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेघनाथ कोइरालाले पनि उत्कृष्ट नतिजा ल्याउन सफल विद्याथीलाई छात्रवृत्ति स्वरुप सहयोग गरेकोमा नीलकण्ठ माध्यमिक विद्यालयका प्रधानध्यापक ध्रुव अधिकारीले आभार व्यक्त गर्नुभयो ।
कार्यक्रमको अवसरमा विद्यालयले कक्षा ९ देखि १२ सम्म अध्यापन गराउने शिक्षक शिक्षिकाहरुलाई सम्मान समेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस