धादिङ १ भदौ
धादिङको खनियाबास गाउँपालिका वडा नम्बर १ मा रहेको शिङ्गला देवी माध्यमिक विद्यालयमा स्टिक होल्डिङ र निबन्ध लेखन प्रतियोगिता सम्पन्न भएको छ ।
शुक्रबार विद्यालयले एक कार्यक्रमको आयोजना गरि कक्षा १–५ सम्मका विद्यार्थीहरुलाई स्टिक होल्डिङ कार्यक्रम र कक्षा ६–१० सम्मका विद्यार्थीहरुमा निबन्ध लेखन प्रतियोगिता कार्यक्रम सम्पन्न गरिएको हो ।
विद्यार्थीहरुको अन्तर्निहित प्रतिभालाई बाहिर प्रष्टुफित गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
बिद्यालयको बार्षिक कार्यतालिकामा समाबेश भएअनुसार कार्यक्रम गरिएको बिद्यालयका प्राध्यापक बिमल लामा लोप्चनले बताउनुभयो । स्टिक होल्डिङ कार्यक्रममा सहभागी कक्षा १–५ का विद्यार्थीहरुमा कक्षागतमा कक्षा ४ म अध्ययनरत समिर तामाङ प्रथम, रोमन तामाङ द्धितिय र सुनिता तामाङ तृतीय भएका छन् ।
त्यस्तै कक्षा ५ मा अध्ययनरत विद्यार्थीहरुमा हेमन्त तामाङ प्रथम, बबिल तामाङ द्धितिया र युके तामाङ तृतीय भएको प्रधानध्यापक लामाले बताउनुभयो ।
निबन्ध प्रतियोगिताले विद्यार्थीहरुको बौद्धिक क्षमताको बिकास गर्न बिद्यालयमा साताको एक दिन बार्षिक कार्यतालिका अनुसार विभिन्न प्रकारको कार्यक्रमहरु संचालन गर्दै आएको बिद्यालयका प्रधानध्यापक लामाले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस