धादिङ २३ श्रावण
केही दिन देखि लगातार भईरहेको वर्षाका कारण सुदूरपश्चिमको सात वटा जिल्ला जोड्ने भीमदत्त राजमार्ग भासिएको छ ।
राजमार्ग अन्तर्गत कैलालीको खानीडाँडादेखि बुढीतोलासम्मको सडक खण्ड भासिएपछि गाडी आवतजावत ठप्प भएको हो ।
अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
पहिरो खस्ने क्रम जारी रहेको र सडकमा रुखहरु समेत ढलेकाले हटाउन समय लाग्ने प्रहरीले जनाएको छ ।
पहिरोका कारण सुदूरपश्चिमका पहाडी जिल्ला डडेलधुरा, अछाम, बाजुरा, बैतडी, बझाङ, दार्चुला र डोटी आवतजावत गर्ने गाडी बीच बाटोमै रोकिएका छन् ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस