धादिङ १७ श्रावण
धादिङमा डेङ्गी संक्रमणदर बढ्दो छ,बुधबार मात्र ५८ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ ।
२६ जना पुरुष र ३२ जना महिला गरी ५८ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ४९ जना, ज्वालामुखीका ३ जना, सिद्धलेक, रुवीभ्याली गाउँपालिका, गँगाजमुना गाउँपालिका, नेत्रावती डबजोङ, खनियाबास र त्रिपुरासुन्दरीका १-१ जना रहेका छन् ।
स्वास्थ्य कार्यालय धादिङले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न,खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस