धादिङ ८ साउन
देशभरका औषधि पसलहरु मापदण्ड विपरीत चलेको गुनासो आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबारदेखि देशभरका औषधि पसलहरुको अनुगमन सुरु गरेको छ ।
स्वास्थ्य मन्त्रालयले २० वटा समूह बनाएर काठमाडौँ, भक्तपुर र ललितपुरका औषधि पसलहरुको अनुगमन थालेको हो । अनुगमनका क्रममा केही औषधि पसलहरु मापदण्ड विपरीत सञ्चालन भएको पाइएको स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत मिश्रले औषधि व्यवस्था विभागमा दर्ता नभएका औषधिहरु पनि औषधि पसलहरुले बिक्रीका लागि राखेको भेटिएको समेत बताउनुभयो ।
अनुगमनका क्रममा स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले औषधि क्षेत्रमा विकृति आएको गुनासो प्राप्त भएपछि अनुगमन गरेको बताउनुभयो । उहाँले फार्मासिस्ट भन्दा फार्मेसीहरु झन्डै तेब्बर रुपमा सञ्चालन भएका कारण पनि औषधि क्षेत्रमा समस्या रहेको बताउनुभयो ।
मन्त्री बस्नेतले फार्मेसी नभएर लाइसेन्स प्राप्त फर्मासिस्टको प्रमाणपत्र झुन्डाइएको अवस्था देखिएको पनि बताउनुभयो ।
अनलाईन साभार
प्रतिक्रिया दिनुहोस