धादिङ ५ साउन
धादिङमा हाप्किडो संघ गठन गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि नेपाल हाप्किडो संघ धादिङ जिल्ला कार्यसमिती गठन गरिएको हो ।
नेपाल हाप्किडो संघ बागमति प्रदेश समिती अध्यक्ष मनोज गुरुङको अध्यक्षता धादिङ जिल्ला खेलकुद बिकास समिती अध्यक्ष प्रताप सिं तामाङको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।
उक्त भेलाबाट किशोर तामाङको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिती गठन गरिएको छ । जसको उपाध्यक्षमा दावा लामा,सुदिप थापा,सचिवमा सन्तोष रेग्मी,कोषध्यक्षमा मन्जु तामाङ र सुनिल तामाङ,वलराम मगर,सुमन उप्रेती सदस्य रहेका छन् ।
निर्वाचित सबै पदधिकारी खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गर्दै प्रमुख अतिथि प्रताप सिं तामाङले खेलक्षेत्र राष्ट्रको गहना भएकाले अनुशासित हुन आग्रह गर्नुभयो । हाप्किडो खेललाई संरक्षण बिकास गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै कार्यक्रमको बिशेष अतिथि नेकपा माओवादी केन्द्र धादिङ जिल्ला समन्वयका सचिव दिपक लामिछानेले खेलक्षेत्रको बिकास गर्न आवश्यक रहेको भन्दै स्थानीय तह र प्रदेश सरकारसंग माओवादी केन्द्र पार्टीको तर्फबाट सहयोग सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेकपा माओवादी केन्द्र धादिङ जिल्ला समन्वयका सचिव दिपक लामिछाने,धुनीवेशी नगरपालिकाका प्रवक्त एवम् वडा नम्बर ६ का वडा अध्यक्ष रमेश आचर्य,नेपाल हाप्किडो संघ बागमति प्रदेशका वरिष्ठ सल्हाकार चेतन लामा,नेकपा माओवादी केन्द्र धुनीवेशी नगर अध्यक्ष राजकुमार पाठक लगायत खेलप्रेमी,खेलाडीहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस