धादिङ ०४ श्रावन
धादिङमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणीकरण घोषणसभा सम्पन्न भएको छ ।
विहिबार विशेष कार्यक्रमको आयोजना गरि धादिङ जिल्लालाई पुर्ण खोप जिल्ला घोषणा गरे सँगै सभा सम्पन्न गरिएको हो ।
जिल्ला समन्वय समिती प्रमुख नवराज अधिकारीको अध्यक्षता बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जमकट्टेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा विशेष अतिथिको रुपमा प्रतिनिधीसभा सांसद रामनाथ अधिकारी,बागमती प्रदेशसभा सदस्य गोविन्द लम्सालको उपस्थिती रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि जमरकटेलले धादिङका सम्पूर्ण स्थानीय तहका वाल वालिकाहरुलाई गुणस्तरिय खोप सेवा प्रदान गर्दै संबृद्धि र विकासको पक्षमा अगाडी बढ्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएकोमा धन्यवाद ज्ञापन गर्दै बागमती प्रदेश सरकार नीतीमा केन्द्रित भएर कार्य सञ्चालन गर्ने स्पष्ट पार्नुभयो ।
धादिङलाई आर्थिक वर्ष २०७९÷०८० मा पूर्णखोप जिल्ला घोषणा गरे सँगै अब छिट्टै नुवाकोटलाई पनि पूर्ण खोप जिल्ला घोषणा गरि बागमती प्रदेशलाई पूर्णखोप प्रदेश बनाउने उद्देश्य रहेको मुख्य मन्त्री जमकट्टेलले बताउनुभयो ।
उहाँले धादिङ जिल्लाको जिल्ला अस्पतालमा सय वेडको अस्पताल संचालन हुने गरि निती तथा कार्यक्रम बनाएको पनि बताउनु भयो । स्थानीय सरकार नै नजिकको सरकार भएकाले स्थानीय सरकारसंग सहकार्य गर्ने नितिपनि निर्माण गरिएको बताउनुभयो ।
कार्यक्रममा धादिङका १३ वटै स्थानीय तहका पालिका अध्यक्ष,राजनैतिक दलका प्रमुख तथा प्रतिनीधी,बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका प्रमुख तथा प्रतिनीधी,प्रमुख जिल्ला अधिकारी,सुरक्षा निकायका प्रमुख तथा प्रतिनीधी,विभिन्न संस्थाका प्रतिनिधी,जिल्ला स्वास्थ्य कार्यलय धादिङका प्रमुख लगायत विभिन्न स्वास्थ्य कर्मी स्वास्थ्य स्वयम् सेविकाहरू,कर्मचारी र विभिन्न सञ्चार माध्यमका सञ्चार कर्मीहरुको सहभागी रहेको थियो ।
प्रतिक्रिया दिनुहोस